प्रमुख समाचार

भारतमा रहेका नेपालीहरूलाई नआत्‍तिन दूतावासकाे आग्रह

इकागज |
बैशाख ७, २०७८ मंगलबार १४:३१ बजे

काठमाडौँ : छिमेकी भारतमा कोभिड-१९ को दोस्रो लहर चलेसँगै त्यहाँ रहेका नेपालीहरू समेत अन्यौलमा परेका छन् । कोही घर फर्कन खोजेका छन् भने कोही  त्यहाँ कसरी बस्‍ने भन्‍ने तनावमा रहेकाे जानकारी अध्ययन र कामका लागि त्यहाँ पुगेकाहरूले गराए । 

अधिकांश प्रवासी नेपालीहरूले कसरी घर फर्कने भन्‍नेमा नै छन् । दिल्ली, उत्तर प्रदेश, मुम्बई, बैंगलोरलगायतमा नेपालीहरू अधिक रहेका र त्यहाँ नै कोभिड संक्रमण बढेपछि समस्या भएको हो । उनीहरू नहडबडाईकन यथा स्थानमा रहन र आफ्नो सुरक्षा अवलम्बन गर्न दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।


यदि घर नै जाने भए पनि अत्तालिएर होइन सुझबुझका साथ एक अर्कामा सहकार्य गरेर अघि बढ्न आवश्यक हुन्छ । घर जान नै पर्ने हुँदा नअतालिकन घर जान दूतावासकाे सुझाव छ । कतिपय स्थानमा लकडाउन भइसकेकाले त्यहाँकाे नियम पालना गर्न र समस्या भए दूतावासमा सम्पर्क गर्न पनि दूतावासकाे सुझाव छ । 

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड-१९ मात्र होइन अन्य कुनै कारणले नेपाली अलपत्र पर्ने अवस्था आएको खण्डमा दूतावासको सम्पर्कमा आउन आग्रह गरेका छन् । दूतावास आफ्नो नागरिकलाई सहयोग गर्न सधै तयार छ । तर अहिले अत्तालिएर हिड्न आवश्यक नभएको पनि उनले बताए ।

‘भारतमा धेरै नेपाली छन् । यहाँ आफ्ना नागरिकलाई जुन प्रकारको सहयोग रहन्छ त्यस्तै सहयोग नेपालीलाई पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा घर जान त मन लाग्छ । तर अतालिएर होइन समालिएर घर फर्कने उपाए गर्नुपर्छ ।’

समस्या नै परेको भए तत्काल दूतावासमा सम्पर्क गर्न आवश्यक छ । अलपत्र पर्ने अवस्था आएमा सिधै सम्पर्क गर्न उनले त्यसमा जोड दिइएको छ । भारतमा राज्य सरकारबाट लक डाउन घोषणा समेत भएको छ । नेपाली कुनै समस्यामा परेको भए दूतावासको नियमित नम्बर र हटलाइन ०११२३४७६२०० मा टेलिफोन सम्पर्क गरेर सम्वन्धित निकायसम्म पुर्याउने छन । 

भारतमा दूतावासमात्र नभएर नेपाली समूदाय, सहयोगी हातहरु, संघसंस्था पनि भएकोले सबैको सहयोग लिन पनि राजदूत आचार्यले सुँझाएका छन्। कही कतैबाट सहयोग नभएको अवस्थामा दूतावास सम्पर्कमा आउन सुझाए । 


Author

थप समाचार
x