कोभिडले हेटौँडा र वीरगञ्जमा दुईको मृत्यु
सांकेतिक तस्बिर
बागमती : मकवानपुर जिल्लाको हेटौँडामा कोभिड-१९ सङ्क्रमणबाट एक वृद्धको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार कोभिड पृष्टि भएको हेटौँडा उपमहानगरपालिका-४ स्थित कर्राका ७४ वर्षीय वृद्ध एक पुरुषको मृत्यु भएको हो ।
कोभिड सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोभिडको जोखिम बढेको छ ।
त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोभिड सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा_३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । उनले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया