प्रमुख समाचार

कोभिड-१९को दोस्रो लहर

अक्सिजन नपाएपछि ज्यान गुमाउँदै संक्रमित

इकागज |
बैशाख ११, २०७८ शनिबार १६:५८ बजे

तस्बिर : दी हिन्दु

काठमाडौँ : छिमेकी मुलुक भारतमा कोभिड-१९ को माहमारी ह्वात्तै बढेपछि राजधानी दिल्लीकै अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएको छ । मेडिकल अक्सिजनकै अभावमा भेन्टिलेटर र आइसीयूमा रहेका बिरामीको मृत्यु हुन थालेको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन् ।

भारतका अधिकांश अस्पतालहरू कोभिड-१९ का बिरामीले भरिएका छन् । बिरामीले अक्सिजनमात्र होइन बेड पनि नपाउने अवस्था देखा परेको छ । भारत जस्तो मुलुकको यो दयनीय अवस्थाले त्यहाँको सरकारमा हडवडाहढ देखा पर्न थालेको छ । किनकि त्यहाँ संक्रमितको मृत्यु दर पनि उच्च छ । दैनिक करिब ३० हजार मानिसहरूको मृत्यु भइरहेको सञ्‍चार माध्यमहरूले जनाएका छन् । 


जयपुर गोल्डन अस्पताल, दिल्लीमा अक्सिजन नहुँदा दुई दर्जन बढी विरामीको मृत्यु भएको इन्डिया टुडेको अनलाई संस्करणमा उल्लेख छ । अन्य सञ्‍चार माध्यमले पनि अक्सिजन अभावका कारण मृत्युवरण गर्नेहरू बढिरहेको उल्लेख गरेका छन् ।  सो अस्पताल व्यवस्थापनले भेन्टिलेटर तथा आईसीयूमा राखिएका विरामीले अक्सिजन नपउँदा मृत्यु भएको नै जनाएपछि अवस्था चिन्ता जनक भएको स्पष्ट रहेको पनि भारतीय सञ्‍चार माध्यमले लेखेका छन् । 

उक्त अस्पतालमा अन्य दुईसय बढी बिरामी थप जोखिममा रहेको पनि जनाइएको छ । मृत्यु हुने र जोखिममा रहेका अधिकांश कोभिड-१९ का संक्रमित नै रहेका पनि भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन् । भारतमा कोभिड-१९को दोस्रो लहरसँगै मेडिकल अक्सिजनको कमी भएको हो । भारतले कोभिड नियन्त्रणको लागि भन्दै दिल्ली लगायत सहरमा लकडाउन र कर्फ्यू समेत लगाएको छ ।  दिल्ली सबैभन्दा धेरै कोभिड प्रभावित हुने सहर मध्ये एक हो ।

कोभिडका बिरामी बढेसँगै अक्सिजनको माग बढेको हो । हुन त, भारतले विदेशबाट अक्सिजन ल्याउने तयारी पनि थालेको छ । तर, त्यसमा ढिलाई भए अधिक विरामी त्यसकै अभावमा मृत्युवरण गर्ने समेत जनाईएको छ । भारतमा दैनिक ३ लाख ५० हजार बढीलाई कोभिड संक्रमणको पहिचान भइरहेको छ । बेलायती भेरिअन्टको कोभिड-१९ भाइरस तिब्र रूपमा फैलिएपछि मुलुक भर त्रास छाएको छ ।

धनाढ्य भारतीयहरू निजी विमान लिएर मरुभूमि लाग्न थालेका छन् । उनीहररू खाडी मुलुक तर्फ  जान थालेका हुन् । ज्यान जोगाउन भागे जस्तो देखिए पनि त्यही उत्तर प्रदेशको कानपुरको एक घाटमा एकैपटक सय भन्दा बढी मानिसको 'शव' जलाउने दृष्यले विश्‍वलाई चिन्तित पारेको छ । युराेप र अमेरिकामा देखिएको दृष्य छिमेकमा देखिदा नेपालमा पनि त्यसको त्रास उत्तिकै छ ।


Author

थप समाचार
x