प्रमुख समाचार

कांग्रेसका १२९ नेता र कर्मचारीहरूको पीसीआर परीक्षण

इकागज |
बैशाख १३, २०७८ सोमबार १६:४१ बजे

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित पदाधिकारी, केन्द्रीय सदस्यहरूको पीसीआर परीक्षण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामामा आज नेताहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूसहित १२९ जनाको पीसीआर परीक्षण गरिएको कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । 

अहिले कांग्रेसको केन्द्रीय कार्यसमिति १०४ सदस्यीय छ । 


पीसीआर परीक्षण गरेपछि नेता पौडेलले आइसीयू र भेन्टिलेटरको उचित प्रबन्ध गर्नुपर्ने, विदेशबाट आउने नागरिकलाई नाका र विमानस्थलमा नै कोभिड परीक्षण गर्नुपर्ने बताए । उनले स्वास्थ्य तयारीमा ढिलाइ भएको बताए ।

त्यस्तै पौडेलले कोरोनाका कारण महाधिवेशन प्रभावित नहुने बताए । उनले पार्टीभित्रको क्रियाशील सदस्यता वितरणका साथै समायोजनको काम छिटै सम्पन्‍न गर्नुपर्ने उल्लेख गरे । 

कोभिड परीक्षणका लागि भन्दै कांग्रेसले आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बैंशाख १५ गतेसम्म स्थगित गरेको थियो ।  यसअघि सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको पीसीआर  परीक्षणपछि मात्रै केन्द्रीय समितिको बैठक बस्‍ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x