विदेश जानेले कोभिड-१९ परीक्षण सरकारी मापदण्ड बमोजिमका प्रयोगशालाबाट मात्रै गर्नु पर्ने
काठमाडौँ : विदेश जाने प्रयोजनका लागि कोभिड-१९ परीक्षण सरकारी प्रयोगशाला र मापदण्ड बमोजिमका अस्पतालबाट मात्रै गर्नु पर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरि उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको छ ।
'कोभिड-१९ को पीसीआर विदेशजाने प्रयोजनका हकमा कोभिड-१९ परिक्षण नतिजा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने र तहाँबाट प्राप्त रिपोर्टहरूमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाईन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराईएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,' मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया