प्रमुख समाचार

कोभिड– १९ अपडेट

बाँकेमा एकै रात ५ जना संक्रमितको मृत्यु

इकागज |
बैशाख १६, २०७८ बिहीबार १०:२२ बजे

बुटवल : बाँकेमा एकै रात ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनिहरूको ८ घण्टाको बिचमा मृत्यु भएको हो ।

नेपालगन्ज-४ का ६० वर्षे पुरुषको  राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने यही समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर-११ की ४३ वर्षे महिलाको मृत्यु भएको हो । त्यसैगरि भेरी अस्पतालमा  राति १० बजे नेपालगन्ज ९ का ४२ वर्षे पुरुषको मृत्यु भयो भने भेरी मै मध्यराति बर्दिया बढैयातालका ३२ वर्षे पुरुषको मृत्यु भएको हो ।


भेरी अस्पतालमै नेपालगन्ज ५ का ५५ वर्षे पुरुषको पनि बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् । मृतक थपिएसँगै बाँके जिल्लामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाहिरी जिल्लाको मृत्यु संख्या १०९ पुगेको छ ।


Author

थप समाचार
x