प्रमुख समाचार

शंकर पोखरेलले कलंकको टीका लगाए, हामी पखाल्‍ने प्रयास गर्छौँ : विपक्षी दल

इकागज |
बैशाख २०, २०७८ सोमबार ६:५६ बजे

बुटवल : अल्पमतमा रहेको पक्षलाई बलजफति सपथ दिलाउनुले लुम्बिनी प्रदेशमा कलंकको टीका लगाइएको विपक्षी दलले आरोप लगाएका छन् । उनीहरूले गैरसंवैधानिक, चरम अलोकतनन्त्रिक गतिविधी प्रदेश प्रमुखमार्फत शंकर पोखरेलले देखाएको बताएका छन् ।

विवादकाबीच मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएपछि विपक्षी दलहरू थप आक्रोशित बनेका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूदिन खानले सत्तामा बस्‍नेहरूलाई कानुन पालना गर्न नपर्ने देखाएको घटनाले प्रष्ट पारेको बताए । उनले भने 'अल्पमतमा रहेर पनि बलजफति अघि बढेकोले उनीहरूले थप मुडभेड नचाहेको देखियो, हामी सबै हिसावले प्रतिरोधको तयारीमा छौँ ।' 


त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तिले अल्पमतमा परेर पनि सत्ता कब्जा गर्नेहरू केही समयमै नाङगिने बताए । भने 'हामीले थप रणनीति बनाएर उनीहरूको प्रतिकार गर्दैछौँ । लुम्बिनी प्रदेशमा पोखरेलले कलंकको टीका लगाए, हामी पखाल्ने प्रयास गर्नेछौँ ।


Author

थप समाचार
x