प्रमुख समाचार

इन्टर मिलान ११ वर्षपछि लिग च्याम्पियन

इकागज |
बैशाख २०, २०७८ सोमबार ८:३४ बजे

काठमाडौँ : इन्टर मिलान इटालियन सिरी ए च्याम्पियन बनेको छ । आइतबार साँझ दोस्रो स्थानको एटलान्टाले सासाुओलोसँग १-१ बराबरी खेलेपछि इन्टरले ११ वर्षपछि सिरी ए उपाधि जितेको हो ।

इटालीमा सन् २०१० यता प्रत्येक सिजन युभेन्टस च्याम्पियन बन्दै आएको थियो । यस सिजन युभेन्टसकै पूर्व प्रशिक्षक रहेका एन्टोनियो कोन्टेले इन्टरलाई लिग विजेता बनाए ।


गत सिजन पनि इन्टर उपाधि नजिक पुगेको थियो । तर युभेन्टस लगातार ९औँ पटक च्याम्पियन बन्दा इन्टर दोस्रो स्थानमा खुम्चिएको थियो । यस सिजन भने इन्टरलाई कुनै पनि टिमले कडा टक्कर दिन सकेनन् ।

इन्टरले यसअअघि सन् २०१० मा सिरी ए जितेको थियो । जोसे मौउरिन्होको नेतृत्वमा इन्टर इटाली र युरोपकै च्याम्पियन बनेको थियो । त्यसको एक दशकपछि इन्टर फेरि इटालियन फुटबलको शीर्ष स्थानमा फर्किएको छ । त्यो पनि इटालियन प्रशिक्षककै नेतृत्वमा । कोन्टेले यसअघि युभेन्टसलाई पनि च्याम्पियन बनाएका थिए । त्यो पनि तीन पटक ।

युभेन्टसलाई सन् २०११ देखि २०१४ सम्म लगातार इटालियन च्याम्पियन बनाएका कोन्टे त्यसपछि इंगल्यान्ड हानिए । जहाँ उनले पहिलो सिजनै चेल्सीलाई इंग्लिस प्रिमियर लिग जिताए ।

‘इन्टरको जिम्मेवारी सम्हाल्ने निर्णय लिन सजिलो थिएन । किनभने इन्टरसँग लिग जित्नका लागि पर्याप्त खेलाडी थिएनन् । अनि वर्षौसम्म इटालियन फुटबलमाथि कब्जा जमाएको युभेन्टसविरुद्ध उत्रनु पनि सजिलो थिएन । यद्यपि मेहेनतले हामी आजको अवस्थामा आइपुगेका छौँ,’ लिग च्यामिपयन बनेपछि कोन्टेको प्रतिक्रिया थियो । 


Author

थप समाचार
x