प्रमुख समाचार

भारतमा २० हजारभन्दा धेरै नेपाली संक्रमित, ७१ को मृत्यु

इकागज |
बैशाख २०, २०७८ सोमबार १३:४१ बजे

काठमाडौँ : भारतमा २० हजार भन्दा धेरै नेपाली संक्रमित भएका छन् । गैर आवासीय नेपाली संघले संकलन गरिरहेको तथ्यांक अनुसार भारतमा कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएयता ७१ जना नेपालीको मृत्यु भएको हो । त्यहाँ १७ हजार नेपालीहरू संक्रमित भएर पनि संक्रमणमुक्त भैसकेका छन् । 

गत साता साउदीमा पनि एक जना नेपालीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । गैर आवासीय नेपाली संघले अद्यावधिक गरेको तथ्यांक अनुसार विश्वभर २१ मुलुकमा अहिलेसम्म तीन सय ८२ जना नेपालीको मृत्यु भएको छ ।


अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ भने ८२ हजार एक सय ९७ जना संक्रमण मुक्त भएका छन् । यो साता भारतका अतिरिक्त मलेसिया, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरबका नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । 

नेपालमा अहिलेसम्म तीन लाख ३६ हजार तीस जना संक्रमित भएका छन् भने ४८ हजार सात सय ११ सक्रिय संक्रमित रहेका छन् । दुई लाख ८३ हजार ९ सय ९४ नेपाली कोभिड–१९ संक्रमित भएर मुक्त भैसकेका छन् । त्यस्तै, तीन हजार तीन सय २५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । 
 


Author

थप समाचार
x