प्रमुख समाचार

प्रधानमन्त्रीको सम्बोधनलगत्तै मन्त्रिपरिषद् बैठक

इकागज |
बैशाख २०, २०७८ सोमबार १५:५९ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन सकेलगत्तै मन्त्रिपरिषद्को बैठक बस्‍ने भएको छ । सबै मन्त्रीलाई  अपरान्ह चार बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठकका लागि भनिएको छ । 

कोभिड-१९ संक्रमण बढिरहेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न माग बढिरहेका बेला प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले जनतालाई सजक रहन आग्रह गरेका छन् । उनले कसैलाई पनि हेलचेक्राई नगर्न आग्रह गरेका छन् । 



Author

थप समाचार
x