प्रमुख समाचार

कोभिडबाट एकदिनमा ५५ को मृत्यु, ७६६० जनामा संक्रमण

इकागज |
बैशाख २१, २०७८ मंगलबार १७:३० बजे

काठमाडौँ : मुलुकभर २४ घण्टामा ५५ जनाको कोभिड-१९ का  कारण मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज ( मंगलबार ) सात हजार छ सय ६० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म तीन लाख ५१ हजार पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । १६ हजार सात सय दुई जनालाई परीक्षण गरिएको थियो । अहिले सम्म मुलुकभर २५ लाख ३७ हजार दुई सय ९५ जनाको पिसिआर परीक्षण भइसकेको छ ।


एक हजार सात सय ७५ जना कोरोना संक्रमण मुक्त भएक छन् । दुई लाख ८७ हजार सात सय ९० जना निको भइसकेका छन् ।  


Author

थप समाचार
x