प्रमुख समाचार

चेल्सी च्याम्पियन्स लिग फाइनलमा, टुचेलको नयाँ कीर्तिमान

इकागज |
बैशाख २३, २०७८ बिहीबार ७:५० बजे

काठमाडौँ : च्याम्पियन्स लिग उपाधिका लागि दुई इंग्लिस क्लब भिड्ने भएका छन् । बुधबार राती सेमिफाईनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई हराएपछि चेल्सीले म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गरेको हो ।

स्पेनी विपक्षीविरुद्ध चेल्सी समग्रमा ३-१ ले अगाडि रह्यो । पहिलो लेगमा चेल्सी र रियलले १-१ को बराबरी खेलेका थिए । 


चेल्सीको जितमा टिमो बेरनर र मासन माउण्टले समान एक गोल गरे । चेल्सी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि चेल्सीले सन् २०१२ मा बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिग जितेको थियो । 

चेल्सी फाइनलका पुगेसँगै थोमस टुचेलले नयाँ कीर्तिमान राखेका छन् । दुई फरक क्लबलाई लगातार च्याम्पियन्स लिगको फाइनल पुर्‍याउने उनी एक्ला प्रशिक्षक बनेका छन् । गत सिजन उनले पीएसजीलाई च्याम्पियन्स लिग फाइनलसम्म डोहोर्‍याएका थिए । फाइनलमा पीएसजी बायर्नसँग निराश बनेको थियो ।   
  


 


Author

थप समाचार
x