प्रमुख समाचार

लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

इकागज |
फागुन २७, २०७९ शनिबार २२:४ बजे

फाइल फोटो

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको लागि सहमति भएको छ । उनीहरूले आज छलफल गरी कार्यगत एकता गर्ने सहमति गरेका हुन् । 

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकता गर्ने सहमति गरेका छन्।



Author

थप समाचार
x