प्रमुख समाचार

कोभिड संक्रमित बढ्दै : उपत्यकामा आईसीयू र भेन्टिलेटर ८७३ मात्रै

अतिन आचार्य |
बैशाख २५, २०७८ शनिवार ७:१८ बजे

काठमाडौँ : मुलुकमा दिनप्रतिदिन जटिल प्रकृतिका संक्रमित देखिएका छन् । सबैभन्दा बढी कोभिड-१९ का संक्रमित काठमाडौँ उपत्यकामा छन् । पछिल्लो सयम मुलुकमा दोस्रो लहरको कोभिड देखिएपछि उपत्यका हटस्पट बनेको छ ।

यो समाचार तयार पार्दासम्म उपत्यकामा सक्रिय संक्रमित मात्र ३४ हजार ६ सय २१ छन् । काठमाडौँ २५ हजार नौ सय ४०, भक्तपुरमा तीन हजार २ सय ५२ र ललितपुरमा पाँच हजार ४ सय २९ संक्रमित छन् ।


कडा लक्षण देखिएका संक्रमितलाई उपचार गर्न आवश्यक पूर्वाधारको संख्या भने अति कम छ । जटिल प्रकृतिका संक्रमितहरू विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

सबैभन्दा बढी संक्रमित रहेको उपत्यकाकै निजी तथा सरकारी अस्पतालमा  भेन्टिलेटरसहित आइसीयूको संख्या ८ सय ७३ छ । मुलुकको अन्य भागमा आइसीयू, भेन्टिलेटर  तथा अक्सिजनको अभावमा ज्यान गुमाइरहेका छन् । यहीँ रफ्तारमा गम्भीर प्रकृतिका संक्रमित बढेमा आइसीयूको अभावमा धेरैको ज्यान जान सक्छ ।

कोभिड उपचार केन्द्रमा रहेका सबै आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्याले भरिएका छन् । उपत्यकामा यहीँ अनुसार संक्रमित बढ्दै गएमा भएका आइसीयूले पुग्दैन । निजी अस्पतालले पनि भएका सबै आइसीयू बेड संक्रमितका लागि छुट्टयाइसकेको बताउँदै आएको छ ।

मुलुकभरको अन्य स्थानभन्दा उपत्यकामा कोभिड उपचार केन्द्र पनि धेरै छ । इकागजले उपत्यकामै यतिका धेरै सक्रिय संक्रमित हुँदा विभिन्‍न अस्पतालमा कति संख्यामा भेन्टिलेटर र आइसीयू छन भनी खोज्‍ने प्रयास गरेको छ ।

कुन-कुन अस्पतालमा छन आइसीयू र भेन्टिलेटर

भक्तपुर जिल्लामा ३९ आइसीयू र भेन्टिलेटर ८ छन्। नेपाल कोरिया मैत्री अस्पतालमा आइसीयू ६ र भेन्टिलेटर ४ , भक्तपुर अस्पतालमा ६ आइसीयू र भेन्टिलेटर ४, डा इभामुरा अस्पतालमा ८ आइसीयू, समीटमा १५  आइसीयू र आरोग्यमा ४ वटा आइसीयू बेड छन् । अस्पतालको क्षमता अनुसार र प्रदेश तथा संघीय सरकारको पहलमा बेड थप्ने काम भइरहेको स्वास्थ्य कार्यालका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

ललितपुर

ललितपुरमा भने ८८ वटा आइसीयू र भेन्टिलेटर ३४ वटा छन् । मेडिसीटी अस्पतालमा ३१ आइसीयू, निदानमा ७ वटा आइसीयू ,३ भेन्टिलेटर, सुमेरु सीटीमा २ वटा आइसीयू, २ भेन्टिलेटर अल्कामा १६ वटा आइसीयू र भेन्टिलेटर ६, पाटनमा २६ आइसीयू, भेन्टिलेटर १७, स्टार अस्पतालमा ६ आइसीयू र भेन्टिलेटर ६  वटा रहेको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका निजी अस्पतालमा थप आइसीयूको संख्या बढाउन स्वास्थ्य मन्त्रालयबाट पहल भइरहको कार्यालयका प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

काठमाडौँ

काठमाडौँमा आइसीयू ४ सय ९५ र भेन्टिलेटर २ सय ९ छन् । बलम्बुस्थित सश्सत्र प्रहरी अस्पतालमा २० आइसीयू, भेन्टिलेटर ८, किर्तिपुर अस्पतालमा २ आइसीयू, भेन्टिलेटर २, सैनिक अस्पताल आइसीयू २०, भेन्टिलेटर ८, वयोधा अस्पताल आइसीयू १५, भेन्टिलेटर २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ आइसीयू, भेन्टिलेटर १२, काठमाडौँ मोडल आइसीयू ४, भेन्टिलेटर १, नर्भिकमा आइसीयू ४, भेन्टिलेटर ४, वीर अस्पतालमा १० आइसीयू, ५ भेन्टिलेटर, प्रहरी अस्पतालमा ३० आइसीयू, २० भेन्टिलेटर, त्रिवि अस्पताल महाराजगञ्‍जमा ३७ आइसीयू, भेन्टिलेटर १७, गंगालाल हृदय रोग अस्पताल बाँसबारी ९ आइसीयू, ५ भेन्टिलेटर, ह्ययाम्स अस्पताल आइसीयू २०, भेन्टिलेटर २० आइसीयू, भेन्टिलेटर १२, ओम अस्पताल १० आइसीयू, भेन्टिलेटर ४, मेडिकेयर अस्पतालमा २ आइसीयू, भेन्टिलेटर १, नेपाल मेडिकल कलेज २० आइसीयू, भेन्टिलेटर १०, काठमाडौँ मेडिकल ३३ आइसीयू, भेन्टिलेटर ९,  सिभिल अस्पताल १९ आइसीयू, २ भेन्टिलेटर,  मनमोहन मेमोरियल अस्पतालमा आइसीयू १७ आइसीयू, भेन्टिलेटर ४, सहीद मेमोरियल १० आइसीयू, भेन्टिलेटर २, कान्तिपुर डेन्टल १२ आइसीयू, २ भेन्टिलेटर, नेपाल नेशनल अस्पताल ३ आइसीयू, ब्लु क्रस अस्पतालमा १० आइसीयू, भेन्टिलेटर ७, महेन्द्र नारायण निधि अस्पतालमा १० आइसीयू,भेन्टिलेटर ३, नेपाल भारत मैत्री अस्पतालमा ८ आइसीयू, भेन्टिलेटर ४, स्तुपा अस्पतालमा ५ आइसीयू, भेन्टिलेटर २, करुना अस्पताल १७ आइसीयू, भेन्टिलेटर ९, कान्तिपुर अस्पताल ५ आइसीयू, भेन्टिलेटर २, हेल्पिङ ह्ययान्डस ५ आइसीयू, भेन्टिलेटर ४, बिपी स्मृती अस्पतालमा आइसीयू ६ आइसीयू, ३ भेन्टिलेटर, मोदरल्याण्ड अस्पताल ४ आइसीयू, भेन्टिलेटर १, विनायक अस्पताल २ आइसीयू, भेन्टिलेटर ३, ग्रिनसीटी अस्पतालमा १० आइसीयू, चिरायुमा १ आइसीयू, भेन्टिलेटर ३, भेनसमा ८ आइसीयू, २ भेन्टिलेटर, मेट्रो काठमाण्डौँमा आइसीयू ७,भन्टिलेटर ३,गौतम बुद्ध अस्पतालमा ८ आइसीयू, राजधानी अस्पतालमा ८ आइसीयू, भेन्टिलेटर २, काठमाडौँ न्युरो आइसीयू ७ आइसीयू, भेन्टिलेटर ३, सिविक अस्पतालमा आइसीयू १, भेन्टिलेटर १, कान्ती बाल अस्पतालमा ३ आइसीयू, ग्रान्डी अस्पतालमा १८ आइसीयू, १६ भेन्टिलेटर, जनमैत्री १२ आइसीयू, भेन्टिलेटर ६, दीर्घायु गुरु अस्पतालमा ४ आइसीयू, ग्रान्डी इन्टरनेशनलको आइसीयूमा १४ आइसीयू, भेन्टिलेटर ३ र उपेन्द्र मेमोरिय न्युरो अस्पतालमा २ आइसीयू र २ भेन्टिलेटर छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x