नर्भिकमा पत्नी पर्खदै पूर्वराजा ज्ञानेन्द्र
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह पूर्णरूपमा कोभिड-१९को संक्रमणबाट मुक्त भएका छन् । उनका साथै कोभिडको चपेडामा परेकी पूर्वरानी पनि कोभिडबाट मुक्त भएकी छन् तर उनको अक्सिजन स्थीर नहुँदा पत्नीलाई पर्खदै पूर्व राजा ज्ञानेन्द्र अस्पतालमा नै छन् ।
आफूसँगै लिएर जान राजा ज्ञानेन्द्र अझै नर्भिक अस्पतालमा नै रहेका दरबार निकट स्रोतले बतायो । उनीहरू दुवै र छोरी प्रेरणाले समेत कोभिडबाट पूर्णरुपमा छुटकारा पाएका छन् ।
पूर्वराजा-रानी कोभिडका कारण तीन सातादेखि अस्पतालमा छन् । अझै पूर्वरानी कोमलको अक्सिजन ‘लेभल’ सोचे जति माथि आउँन सकेको छैन । त्यही कारण उनलाई थप उपचार गरिएका कारण पूर्वराजा उनको रेखदेखमा त्यही रहेका हुन् ।
पूर्वरानी कोमललाई कोभिड बाहेक अन्य पनि विभिन्न स्वास्थ्य समस्या रहेकाले पटक-पटक उपचार गराउँदै आएका ज्ञानेन्द्रले अहिले पनि अक्सिजन लेभलदेखि सबै व्यवस्थित भएपछि मात्र घर जाने तयारी गरेका हुन् ।
भारतको उत्तरखण्डस्थित केदारथान मठका मठाधिशको निम्तोमा १२ वर्षपछि लागेको कुम्भ मेलामा शाही स्नान लागि पूर्वराज-रानी गत महिना भारत गएका थिए । पूर्वराजा ज्ञानेन्द्रले शाही स्नान भाग लिए पनि कोमलले राजधानी दिल्लीमा बसी स्वास्थ्य परिक्षण गराएका थिए ।
त्यहाँ नेगेटिभ आएपछि टोली नै स्वदेश फर्केको थियो । तर नेपाल आएपछि त्यहाँ गएका अधिकांशलाई कोभिड-१९ देखियो । कोभिडको संक्रमण कत्ति पनि छैन तर अझै अक्सिजनको स्तर नमिल्दा अस्पतालमा नै राखिएकौ नर्भिक स्रोतले बतायो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया