प्रमुख समाचार

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : एक नेपालीसहित चारको मृत्यु

इकागज |
बैशाख २७, २०७८ ५:५६ बजे

सांकेतिक तस्बिर

मेरिल्याण्ड : अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । 

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ jर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । (एएफपी)



Author

थप समाचार