प्रमुख समाचार

पूर्वरानीको स्वास्थ्य अवस्था सामान्य, वार्डमा सारियो

इकागज |
बैशाख २८, २०७८ मंगलबार १४:३५ बजे

काठमाडौँ : पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । शाह १८ दिनदेखि उपचाररत रहेको नर्भिक अस्पतालले भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो ।  स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले उल्लेख गरेको छ । 

‘अब आफैं श्वासप्रश्वास गर्न सक्ने भएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ,’ अस्पतालले भनेको छ , ‘स्वास्थ्यमा दैनिक र क्रमिक सुधार भइरहेको छ ।’ यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको दुई दिन पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पूर्व राजा शाहलाई भने अहिले अक्सिजनको आवश्यकता नरहेको अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 



Author

थप समाचार
x