प्रमुख समाचार

कोभिडविरुद्ध दोस्रो चरणमा लगाइने खोप डेढ लाख मात्रै बाँकी

'नेपालमा देखिएको भाइरसको अनुसन्धान गरौं'

अतिन आचार्य |
बैशाख २८, २०७८ मंगलबार २०:३४ बजे

काठमाडौँ : मुलुकमा कोभिड-१९ विरुद्ध लगाइने चार वटा खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् । जसमध्ये दुई कम्पनीको खोप नेपालमा लगाउन सुरु भइसकेको छ । भारतीय सिरम इन्स्टिच्युट कोभिसिल्ड र चाइनिज कम्पनी सिनोफार्मोको भेरीसेल खोप लगाइएको हो ।

सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड, सिनोफार्मबाट उत्पादित भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् ।


पहिलो र दोस्रो चरण गरेर २४ लाख भन्दा बढीले खोप लगाइसकेका छन् । उपत्यकालगायत दोस्रो लहरको कोभिड संक्रमण बढेकाले चीन सरकारले उपलब्ध गराएको लगाइरहेको खोप स्थगित गरिएको थियो । 

उपत्यकामा सबैभन्दा बढी संक्रमित रहेको समयमा जेठ २ गते देखि भेरोसेलको दोस्रो चरणअन्तर्गत खोप लगाइने भएको छ । कोभिड नियन्त्रण गर्न तथा संक्रमण नहोस भन्‍न कोभिडविरुद्ध लगाइने खोपले मृत्दुयर कम हुने र संक्रमण नफैल्याउने  विश्‍वास लिइएको छ । अझै पनि केही खोप स्टक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

'कोभ्याक्स खोप वर्षको अन्तिममा आउँछ'

अनुदान तथा  खरिद गरेर ल्याइएको खोप नसकिएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले बताए । कोभिड महामारीमा पनि लगाउन मिल्नेगरी एक लाख ८० हजारलाई पुग्‍ने खोप रहेको उनले जानकारी दिए ।

उप्रेतीले कोभिसिल्ड खोप ६० हजारको हाराहारीमा रहेको बताए । चीनबाट सिनोफार्मको भेरोसेल ८ लाख डोज आएको थियो । करिब ४ लाख मानिससलाई पुग्‍ने खोप आएको र एक लाख मानिसलाई पुग्‍ने बाँकी रहेको उनको भनाइ छ । उप्रेतीका अनुसार भेरोसेल २१ देखि २८ दिनमा लगाउन मिल्ने भएकाले जेठ २ गतेबाट लगाउन मिल्छ । कोभिसिल्ड ८ देखि १२ हप्ताभित्र लगाउन मिल्छ ।

कोभ्याक्स खोप कार्यक्रमअन्तर्गत प्राप्त गर्ने खोप पनि ढिलो भइरहेको उप्रेतीको भनाइ छ । सबैतिर महामारी रहेकाले पनि खोप पाउन ढिलो भइरहेको उनले बताए । कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने सबै खोप सन २०२१ को अन्तिमसम्ममा पाइने उनले प्रस्ट पारे ।

उपत्यकामा संक्रमण बढिरहेकै समयमा किन खोप लगाउने अभियानलाई निरन्तरता दिनु लाग्‍नुभयो भन्‍ने इकागजको प्रश्नमा खोपले उनले मानिसमा एन्टीबडीको विकास हुने, अस्पताल बसाइको कमी र संक्रमण देखिएमा गम्भीर नहुने बताए ।   

'सामाजिक दूरी कायम गरी खोप लगाउ'

महामारीमा कोभिडविरुद्धको खोप लगाउँदा नागरिकलाई अस्पताल बसाइ कम हुने र मृत्युदरमा कमी आउने संक्रमक रोग विशेषज्ञ अनुसन्धान विज्ञ डा. जीवनबहादुर शेरचन बताउँछन् । संक्रमण फैलिरहेको अवस्थामा सामाजिक दूरी कायमगरी खोप लगाउनलाई उनले आग्रह गरेका छन् ।

'शरीरमा अक्सिजन कम भएका कारण धेरैले ज्यान गुमाइरहेका छन,' डा. शेरचनले भने,' खोप पूर्णरूपमा औषधि होइन तर यसले सुरक्षित रहन सहयोग गर्छ ।' सरकारकै बेवास्ताका कारण खोप ल्याउन ढिलाइ भइरहेको शेरचनको दाबी छ । खोप समयमा आयात गरिएको भए दैनिक हुने मृत्युदरको संख्यामा कमी हुने विश्‍वास व्यक्त गरे ।

भारतमा फैलिएको भेरियन्ट भाइरसले जटिल अवस्था सिर्जना गरेको उनको भनाइ छ । नेपालमा देखा परिरहेको भाइरस कुन र कस्तो प्रकारको हो भनेर परीक्षण गर्न उनले सुझाव दिए ।   

खोप प्रक्रिया अघि बढाउ

जनस्वास्थ्यविद् डा.  समीरमणी दीक्षितले खोप प्रकियालाई अघि बढाउन माग गरेका छन । 'सिनोफार्म चार हप्ता र कोभिसिल्ड १२ हप्ताभित्र लगाइसक्नुपर्ने हो । दुवैको समय भइसकेको छ,' उनले भने । सम्बन्धित निकायलाई झक्झक्याउने काम गरिरहनु पर्ने दीक्षितले बताए । तेस्रो मात्राको पनि कुरा आउने र बेलैमा सोच्‍नलाई उनले आग्रह गरे । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x