Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

आज कहाँ कहाँ पानी पर्दैछ ?

इकागज |
बैशाख १९, २०८० मंगलबार ६:४८ बजे

फाइल फोटो

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो  कोशी, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। 

त्यस्तै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना छ ।


त्यस्तै आज राति कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।  वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

 मेघगर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x