प्रमुख समाचार

अस्पतालबाट डिस्चार्ज भए पूर्व राजा

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ६:१७ बजे

काठमाडौँ : कोभिड–१९ संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएसँगै अस्पतालले बुधबार राती डिस्चार्ज गरेको छ । 
पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोभिड–१९ संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । 

अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो । कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको तीन दिन अघिको स्वाब परिक्षण रिपोर्ट रिपोर्ट नेगेटिभ आएको थियो । 


अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्पताल प्रशासनले उल्लेख गरेको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइदैं आएको अक्सिजनको मात्रा लगातार घटाउँदै उपचार जारी राखिएको बताइएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई आइसीयूबाट वार्डमा सारिएको छ । पूर्व रानीको उपचारमा प्लाज्मा थेरापी विधि समेत अपनाइएको थियो । 

पूर्व अधिराजकुमारी प्रेरणा शाह स्वस्थ भैसकेपछि पनि उनी आमासँग अस्पतालमै रहने भएकी छिन् । पूर्व राजपरिवारको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।
 


Author

थप समाचार
x