प्रमुख समाचार

कोभिड-१९ संकटपछि सहयोग जुटाउन दूतावास सक्रिय पार्दै परराष्ट्रमन्त्री

इकागज |
जेठ १, २०७८ शनिबार २०:४४ बजे

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १३ मुलुका आफ्ना राजदूतसँग भर्चुअल कुराकानी गर्दै नेपालको पछिल्लो अवस्थाबारे जानकारी दिएर तत्काल सहयोग जुटाउन निर्देशन दिएका छ्न् । उनले नेपलमा तत्काल स्वास्थ्य सामग्री, भ्याक्सिन, अन्य आवश्यक सामग्रीको लागि जाहो गर्न पनि उनीहरूलाई निर्देशन दिएका हुन् ।

सरकारले कूटनीतिक नियोगलाई सक्रिय पारेन भनेर आलोचना भइरहँदा उनले यस्तो पहल गरेका छन् । दुतावासले त्यहाँ रहका आफ्ना नागरिकको सुरक्षाको विषयमा पनि पहल गर्न आवश्यक रहेको बताए । उनले खोप लगायत स्वास्थ्य सामाग्रिका लागि दुईपक्षीय बहुपक्षीय सबै च्यानलहरू प्रयोग गर्न पनि निर्देशन दिएका छन् । एक दुई राजदूतले निर्देशन वेगर नै पनि काम गरिरहेका छन् । तर, अन्यलाई भने घचघच्याउन परेको परराष्ट्र अधिकारीको गुनासो छ । 


आफै बुझेर प्रोएक्टिभ हुन पर्नेमा त्यस्तो नदेखिएको उनीहरुकै बुझाई छ । यसैबीच कोभिड-१९ को महामारीसँग जुधिरहेका नेपालीलाई ओमानबाट पाँच सय साठी अक्सिजन सिलिन्डर केही बेरमा आइपुग्दै छ ।  राजदूत र गैर-आवासिय नेपालीको पहलबाट यस्तो सम्भव भएको हो ।

खाडी आफैँले खरिद गर्ने स्थानमा पनि यो सम्भव हुन्छ भने अन्यत्र राजदूत लागे किन सम्भव नहुने भन्दै उदाहरण पनि पेस भएको थियो । विदेशस्थित नेपालका ३० दुतावास र तीन राष्ट्र संघीय स्थायी नियोग (न्यूयोर्क, जेनेभा, भियना) र ६ वाणिज्य दूतावासलाई सम्बन्धित मुलुकको अवस्था अनुसार सहयोगको लागि काम गर्न लिखित पत्राचार नै गरिसकेको छ । 

हेर्नुहोस् परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्य :


Author

थप समाचार
x