प्रमुख समाचार

अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय

इकागज |
जेठ ३, २०७८ सोमबार २०:७ बजे

काठमाडौँ  : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को महामारीका कारण नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने भन्दै सबैलाई संयमित हुन आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड-१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति नघटेको बताए । 


उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको बताए । कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागू नगरिएकाले सङ्क्रमण बढिरहेको उनको भनाइ छ । 

मन्त्रालयले जारी गरेका जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह उनले आग्रह गरे । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरू आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए ।  

'जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ,' उनले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै कोभिडविरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताए ।  

मन्त्रालयले मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम छ  । आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७  निको भइ घर फर्किएका छन् ।(रासस)
 


Author

थप समाचार
x