६ गतेदेखि ललितपुरको यी ठाउँमा लगाइँदैछ भेरोसेल खोप (सूचीसहित)
काठमाडौँ : जेठ ६ गते बिहीबारदेखि ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज लगाउने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरूले जेठ ६ गतेदेखि दोस्रो डोज लगाउन सक्ने भएका हुन् ।
ललितपुर महानगरपालिकाले सूचना जारी गरेर भेरोसेलको दोस्रो डोज खोप लगाउनेबारे जानकारी दिएको हो । महानगरपालिकाको सूचना अनुसार चैत २५ देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकालाई जेठ ७ गते, वैशाख १ देखि ४ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते दोस्रो डोजको खोप लगाउन सक्नेछन् ।
यस्तै वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लगाएकाका लागि जेठ ११ गते दोस्रो डोज खोप लगाउन सक्ने ललितपुर महानगरपालिकाले जनाएको छ । यस्तै वैशाख १४ र १५ गते पहिलो डोज लगाएकाले जेठ १२ र १३ गते दोस्रो डोजको खोप लगाउन सक्नेछन् । यो खोप कार्यक्रमको लागि महानगरपालिकाले एक देखि २९ नम्बर वडासम्मका गरी २९ खोप केन्द्र तोकेको छ ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउने समय पनि महानगरपालिकाले तोकेको छ । महानगरपालिकाले खोप लगाउन स्कुल, पार्टी प्यालेस लगायतका ठाउँ तोकेको छ ।
ललितपुर महानगरपालिकाको सूचनामा हेर्नुहोस खोप लगाउने ठाउँहरू
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया