बागमतीमा राष्ट्रिय सभा निर्वाचन
कांग्रेसले डा. देवकोटालाई मतदान गर्ने
काठमाडौं : बिहीबार हुन लागेको राष्ट्रिय सभाको बागमती प्रदेशको अन्य तर्फको रिक्त एक सिट पूर्ति गर्ने निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्ने भएको छ । कांग्रेसले आफूहरूको समर्थनमा डा. देवकोटा उम्मेदवार बनेकाले राजनीतिक रूपमा प्रतिबद्ध भएर मत दिने बताएको हो ।
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले आफूहरूको समर्थनमा उम्मेदवार बनेका डा. देवकोटालाई मतदान दिने जानकारी दिए । ‘डा. देवकोटा हाम्रो समर्थनमा गठबन्धनको उम्मेदवार हुनुहुन्छ । हामीले उहाँलाई मतदान गर्छौ,’ नेता बानियाँले इकागजसँग भने, ‘हामी राजनीतिमा बेइमानी गर्दैनौं । जे भन्छौ, त्यो गरेर देखाउँछौ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले डा. देवकोटालाई मतदान गर्न प्रदेश सांसदलाई निर्देशन दिन नेता बानियाँलाई र स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिएका छन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गठबन्धनका उम्मेदवार डा. देवकोटालाई मतदान गर्न सभापतिको निर्देशनमा स्थानीय तहका पदाधिकारीलाई आदेश दिइएको बताए ।
‘सभापतिज्यूबाट प्रदेश सभा सदस्यलाई प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँमार्फत र स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्रीय कार्यालयबाट व्यक्तिगत रूपमा ह्वीप हो भन्दै गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्न निदेशन दिन आदेश भएको छ,’ मुख्य सचिव पौडेलले भने, ‘केन्द्रीय कार्यालयले स्थानीय तहका पार्टीका जनप्रतिनिधि निर्देशन गर्छ । प्रदेश सभा दलका नेतालाई सभापतिबाट निर्देशन भइसकेको छ ।’
बागमतीमा कांग्रेसका महानगर/नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी ६७ जनप्रतिनिधि छन् । भन् प्रदेशसभामा २२ सदस्य छन् ।
निर्वाचनमा गृहमन्त्री रामबहादुर थापाका सत्तारुढ एमालेबाट र डा. खिमलाल देवकोटा माओवादी र कांग्रेसको समर्थनमा उम्मेदवार बनेका छन् । एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन पनि डा. देवकोटालाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया