प्रमुख समाचार

कोभिड नियन्त्रणको अनुभव बाड्न बेलायती सैन्य चिकित्सक नेपाल आउने

इकागज |
जेठ ९, २०७८ आइतबार ६:४८ बजे

काठमाडौँ : पुरानो मित्र मुलुक बेलायतले आफ्ना सैन्य चिकित्सक नेपाल पठाउने भएको छ । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  बेलायतले चिकित्सकलाई नेपाल पठाउने तयारी गरेको हो । नेपालमा कोभिडका गम्भीर बिरामीहरूलाई उपचार गर्न अक्सिजन आपूर्तिको अभाव रहेकाले स्वास्थ्यकर्मीसहितको टोली पठाउने तयारी भएको अन्ताराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् । 

बेलायती विदेश मन्त्री दर्ड अहमदले बेलायतको सैनिक टोली अगामी साता नेपाल जाने उल्लेख गरेका छन् । उनले सुरूमै नेपालमा सहयोग गर्ने बताएका थिए । बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप सहयोग गर्ने बताइरहेको छ । 


बेलायतमा सेनाले कोभिड भाइरसको संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले यहाँ पनि त्यसप्रकारको अनुभव बाड्न उनीहरू अउन लागेका हुन्  । उनीहरुले नेपाली सेनासँगको सहकार्यमा काम गर्नेछन् । 

बेलायती सेनाकै विमानमार्फत आउन लागेको टोलीले साथमा अक्सिजन, औषधि र पीपीईसहित महत्वपूर्ण चिकित्सा उपकरणहरू पनि ल्याउने छ ।

बेलायतले नेपाललाई अन्य सहयोग पनि गरिरहेको छ । बेलायती राजदुत निकोल पोलिटीले प्रधानमन्त्री केपी ओलीसँग भेट्दै सहयोग गर्ने जनाएकी छन् । 
 


Author

थप समाचार
x