भौतिक दूरी कायम राख्दै उद्योग व्यवसाय सञ्चालनको तयारी : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री के पी शर्मा ओलीले लाेकतन्त्रमा ५० औँ पटक हामी गिरफ्तार भएकाे बताएका छन् । 'सर्वसाधारणले मात्र होइन हामीले पनि कुटाइ खाएका छौँ । नेताहरुले कुटाइ खाएका छन्,' उनले भने, 'अहिलेको सरकार त्यस्तो छ ? त्यस्तो तानाशाही छ ? त्यस्ता अभ्यासमा फर्कने सपना नदेखौँ त्यता नफर्काैँ न हामी ।'
कुनै अस्पताललाई चाहिएको होस् कि नहोस् एक्स्रे मेसिनहरु किन्यो चलाउने मान्छे हुँदैनन भन्दै अनि यो र उ नभन्न उनले आक्रोस पोखे । 'अहिलेसम्म त्यस्ता सामाग्री किनेर लडाइदिने, सरकारलाई घाटा पुर्याइदिने, यस्ता खालका अभ्यास गरेर मुख मिठ्याउने काम नगरौँ न, अब,' उनले भने, 'म भन्नु चाहन्छु । म यस्तो कुरामा अलमलिन चाहन्न । म कोभिड-१९ मारमा परेका जनतालाई जतिसक्दो छिटो मुत्ति दिलाउने काममा प्रयासरत छु । मलाई तान्ने प्रयास भइरहेको छ ।'
उनले सर्वाेच्चमा जान लागेकाे विषयलाई समेत लल्कार्दै भने, 'मुद्दा हाल्ले, फिरादपत्र लेख्ने काम भइरहेको छ । गफ गर्दा जनता र लोकतन्त्रको कुरा गर्ने, जनताको समस्याका चिन्ता छैन यस्तो खालको गतिविधि नगरौँ ।' अहिलेको अवस्थामा पनि बेरोजगारी नबढोस्, मूल्यवृद्धि नहोस्, जनतालाई थप दुख नहोस्, आपूर्ति व्यवस्थामा अप्ठ्यारो नहोस्, भन्नेमा आफ्नो ध्यान रहेको पनि उनले बताए ।
उद्योग धन्दा सामाजिक दुरी कायम गरेर, सामाजिक तथा आर्थिक जीवनलाई सरल र सहज ढंगले चलाउन सकियोस् भन्नेमा सरकारको ध्यान गएको उनले बताए । विकास निर्माणको कामलाई पनि निरन्तरता दिन जरुरी रहेकाे पनि बताए । जनताका रोजगारी र आयस्रोतको हिसाबले, बालबालिकाको शैक्षिक श्रृंखला नटुटोस् भनेर अनलाइन प्रणालीलाई यति छिटो विकास गर्नु परेको उनकाे धारणा छ । उनले सबै गलत र आफू सही रहेको पुष्टि गर्न पर्ने जति बसै मिलाएर भनिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया