प्रमुख समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा भेटवार्ता

इकागज |
जेठ १२, २०७८ बुधवार २०:४३ बजे

का‍ठमाडौँ : राष्ट्रपति विद्यादेवी  भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा दुई घण्टा बढी भएको भेटमा समसामयिक विषयमा छलफल भएको स्रोतले बतायो ।
  
साँझ ६ बजेर पाँच मिनेट जाँदा शीलत निवास पुगेका प्रधानमन्त्री ओली आठ बजेर १५ मिनेट जाँदा बाहिरिएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध विपक्षी १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यससम्बन्धमा सर्वोच्चमा ३० रिट दायर भएका छन् । ती रिटको प्रारम्भिक सुनुवाइ बिहीबार र शुक्रबार तोकिएको छ । 


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ‍ ओलीबीच आज चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको टेलिफोन वार्ता र कोभिड-१९ विरुद्ध १० लाख डोज खोप दिने प्रतिबद्धताबारे पनि कुराकानी भएको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x