प्रमुख समाचार

महावीर पुन भन्छन्:

‘दुर्गममा अक्सिजन कन्सेन्ट्रेटर बाड्दैछौँ, चाहियो भने फोन गर्नुहोला’

इकागज |
जेठ १५, २०७८ शनिबार २१:३४ बजे

फाइल फोटो

काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले दुर्गम जिल्लाका अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर बाड्न लागेको बताएका छन् । शनिबार बेलूकी केन्द्रमा ११२ वटा अक्सिजन कन्सेन्ट्रेटर आइपुगेको भन्दै तत्कालै आवश्यकता भएका ठाउँमा प्राथमिकता हेरेर दुर्गम ठाउँमा बाड्न लागिएको बताएका हुन् ।

आफ्नो अस्पतालको अवस्थाबारे जानकारी दिन र प्राथमिकता अनुसार कन्सेन्ट्रेटर बाड्न लागिएको उनको भनाइ छ । पाँच लीटरको १०० वटा र १० लीटरको १२ वटा अक्सिजन कन्सेन्ट्रेटर केन्द्रमा आइपुगेको उनको भनाइ छ । तर उनले मूल्य भने खुलाएका छैनन ।


‘राष्ट्रिय आविष्कार केन्द्रमा आज बेलुकी अक्सिजन कन्सेन्ट्रेटर आईपुग्यो’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तत्कालै अति आवश्यकता भएको दुर्गम ठाउँहरुमा प्राथमिकताको आधारमा बाडिँनेछ । ९८४१५९२३६१ मा फोन गरेर तपाईको अस्पतालको अवस्था जानकारी दिनुहोला।’

पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको माग बढ्दो छ । 


Author

थप समाचार
x