प्रमुख समाचार

मैत्रीपूर्ण फटबलमा इराकसँग नेपाल ६-२ अन्तरले पराजित

इकागज |
जेठ १६, २०७८ आइतबार ६:५४ बजे

काठमाडौँ : इराकसँग गयराति भएको मैत्रीपूर्ण फुटबलमा नेपालले ६-२ गोल अन्तरले पराजित भएको छ । इराकको घरेलु मैदानमा भएको खेलमा नेपालले सुरुवातमा गरेको प्रदर्शनलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । इराकस्थित अल बस्रामा भएको खेलको १० मिनेट भित्र नै दुई गोल भएका थिए । खेलको सातौं मिनेटमा नै इराकका लागि अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । कप्तान अब्दुलको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

लगत्तै नेपालले खेल बराबरी गर्न सफल भयो । नेपालका लागि अञ्‍जन विष्टले गोलकिपरलाई विट गरेको अवस्थामा इराकी डिफेन्डर साफा हादीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । 


 २९ औं मिनेटमा खेलमा नै सिनियर टिममा डेब्यु गरेका मनिश डाँगी एक्लैले नेपालका लागि उत्कृष्ट गोल गरे । उनले इराकी गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै उत्कृष्ट फिनिस गरे । जसका कारण खेलमा नेपालले दुई एकको अग्रता लियो ।

खेलको ३९ औं मिनेटमा इराकले खेल दुई-दुई गोलको बराबरी गर्न सफल भयो । उसका लागि कर्नरबाट आएको बललाई मोहम्मद ओबाइदले गोल गरे । त्यसको अर्को मिनेटमा इराकले खेल तीन दुईको अवस्थामा पुर्‍यायो । नेपाली गोलकिपर र डिफेन्डरको गल्तिका कारण यमेनले सहज गोल गरे । नेपालले दुबै गोल डिफेन्डर तथा महत्वपुर्ण खेलाडी रोहित चन्द मैदान बाहिर भएको बेला खाएको हो ।

खेलको सुरुवातमा नै हेड गर्ने क्रममा इराकी खेलाडीसँग ठोक्किएर टाउकोमा चोट बोकेर रोहित ३५ औं मिनेटमा टाउकोमा रगत बगेपछि उपचारका लागि मैदान बाहिर गएका थिए । त्यहि अवसरमा इराकले सहज दुई गोल गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यमेन हुसनले उत्कृष्ट हेड गर्दै टिमलाई चार-दुईले अगाडी राखे । 

पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकले दोस्रो हाफमा खेलको ६६ औं मिनेटमा पाँच-दुईको अग्रता बनायो । नेपाली डिफेन्डरले मार्क गर्न नसक्दा सब्सिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका मोहनाद अली अल्सामरीले गोल गरे ।
त्यसपछि ७५ औं मिनेटमा सज्जाद जासिमले अर्को उत्कृष्ट गोल गर्दा नेपाल खेलमा छ दुईले पछाडी रह्यो । ७९ औं मिनेटमा अली अदनानले फ्रिकिक प्रहारलाई किरणले राम्रो बचाउ गरे । 

अब नेपाली टिम आइतबार सडकको बाटो हुँदै विश्वकप छनौटका लागि कुवेत जानेछ । कुवेतमा नेपालले जुन तीनमा चाइजीन ताइपेई, जुन सातमा जोर्डन र जुन ११ मा इराकसँग खेल्नेछ ।


Author

थप समाचार
x