सुनसान सिंहदरबार
फाइल तस्बिर
काठमाडौँ- दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ ।
दसैँको बिदा सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । शुक्रबार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ ।
हाल मन्त्रालयमा सिमित कर्मचारीहरूलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौँको संख्यामा मानिसहरू सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारी साधनहरू देख्न सकिन्छ ।
दसैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनसान बनेको छ । शनिवार पूर्णिमाका दिनबाट मात्रै दसैँको टिका विधिवत रुपमा सकिन्छ । आईतवारबाट भने नियमति काममा फर्किने कर्मचारीहरू बढ्ने अनुमान गर्न सकिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया