प्रमुख समाचार

‘विदेशी भूमिमा ओडीआई जित्‍न सिनियर खेलाडीको भूमिका महत्वपूर्ण’

इकागज |
जेठ १७, २०७८ सोमबार ६:२७ बजे

काठमाडौँ : सन् २०१५ यता बंगलादेशले घरेलु मैदानमा कुल ११ एक दिवसीय श्रंखला खेलेको छ । त्यसमध्ये १० श्रंखलामाथि कब्जा जमाएको छ । बंगलादेशले दर्ता गरेको १० औँ श्रंखला जित शुक्रबार श्रीलंकाविरुद्ध रह्यो । घरेलु मैदानमा भएका एक दिवसीय श्रंखलामा बंगलादेशको प्रदर्शन बलियो भए पनि विदेशी भूमिमा भने प्रदर्शन उस्तै रहन सकेको छैन । सन् २०१५ पछि बंगलादेशले विदेशी भूमिमा सात एक दिवशिय श्रंखला खेलेको छ । जित भने दुई श्रंखलामा मात्रै हासिल गरेको छ । 

यस्तोमा बंगलादेशमा प्रशिक्षक रुसेल डोमिनगोले आफ्नो टिमले विदेशी भूमिमा पनि जितका लागि प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले सधैँ एकै वातावरणमा खेल्ने मौका पाउँदैनौँ । फरक फरक अवस्थामा खेल्नुपर्ने हुन्छ । हामी हरेक विभागमा बलियो हुन जरुरी छ,’ डोमिनगोले भने । 


बंगलोदशले विदेशी भूमिमा ओडिआई खेल्दा कमसेकम ३०० रन बनाउनुपर्ने डोमिनगोको भनाई थियो । ‘घरमा बंगललादेशी खेलाडीले असाध्यै राम्रो खेल्छन् । उही आत्मविश्वास विदेशी भूमिमा पनि देखाउनु जरुरी छ । बलिया टिमलाई एक वा दुई पटक हराए बंगलादेशी खेलाडीको आत्मविश्वास स्वत बलियो हुन्छ,’ डोमिनगोको भनाइ थियो, ‘ढाकामा हामीले पर्याप्त रन बनाउँछौ । तर घरभन्दा बाहिर भने हामी २३० वा २४० रनमा सीमित हुन्छौँ । यस्तो स्कोरमा खेल जितिदैँन ।’ 

डोमिनगोले युवा खेलाडीहरूको प्रदर्शनमा सुधार आएको तर अझैँ स्थिरताको आवश्यकता रहेको बताए । ‘केही युवा खेलाडीको खेल सन्तोषजनक रही आएको छ । तर उनीहरुले प्रदर्शनमा स्थिरता भने ल्याउनुपर्छ । तर यसो भन्दैमा उनीहरुलाई हामी दबाब भने दिदैनौँ,’ डोमिनगोले भने । 

उनी सिनियर बंगलादेशी ब्याट्सम्यानहरुको प्रदर्शनबाट भने सन्तुष्ट देखिएनन् । बलिया क्रिकेट टिममा सिनियर ब्याट्सम्यानहरुले सधैँ राम्रो स्कोर गर्ने बताउँदै बंगलादेशको टिममा रहेका पाका खेलाडीले पनि जिम्मेवारीपूवर्क खेल देखाउनुपर्नेमा जोड दिए । 

‘भारतीय टिममा रोहित शर्मा, शिखर धवन र विराट कोहलीले सधैँ धेरै रन बनाइरहेका हुन्छन् । त्यस्तै, इंगल्यान्डमा जो रुट, जोस बटलर र बेन स्टोक्स जस्ता ब्याट्सम्यान छन् । यसको मतलब के हो भने, सबै टिममा सिनियर खेलाडीको भूमिका महत्वपूर्ण रहन्छ । बंगलोदशी टिममा पनि तमिम, रहिम वा शकिबले त्यस्तै प्रदर्शन देखाउन सक्छन्,’ डोमिनगोले भने ।


Author

थप समाचार
x