महामारीमा अस्पतालमै स्वास्थ्यकर्मीमाथि किन हुन्छ हातपात ?
'नेपालीमा रिस बढ्दै गएकाले आक्रमण बढ्यो'
घटना १ : शुक्रबार ८ बजे बिहान हुम्लामा आफ्नो श्रीमतीको उपचार गर्न नआएको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले कुटपिट गरे । हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् ।
घटना २ : गत बिहीबार बाँकेको भेरी अस्पतालमा दाङ्को संक्रमितको मृत्यु भयो । मृतकका आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्न थाले । अन्त्यमा चार स्वास्थ्यकर्मीले ट्वाइलेटको झ्यालबाट हामफालेर आफ्नो ज्यान बचाएका थिए । आक्रमणमा संलग्न केही व्यक्ति पक्राउ परेका छन् ।
घटना ३ : दुई दिनअघि मोरङ् जिल्लाको विराटनगरस्थित कोशी अस्पतालका अहेब अशोक राजवंशी ड्युटी सकेर घर फर्कँदा बाटामा रहेका सुरक्षाकर्मीले कुटेका थिए । अस्पतालबाट करिब १ किलो मिटर दूरीमा उनलाई सुरक्षाकर्मीले पिटेका थिए ।
मुलुक कोभिड-१९ महामारीको त्रासदीमा छ । दैनिक सय भन्दा बढी संक्रमितको मृत्यु र ६ हजार भन्दा बढी संक्रमित भेटिने गरेको छ । दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ। दिनप्रतिदिन संक्रमण फैलिनेको संख्या बढ्दा निको हुने संख्या पनि उत्तिकै बढिरहेको छ ।
अस्पतालमा बिरामी निको पार्न सबैभन्दा अहम भूमिका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको हुन्छ । स्वास्थ्यकर्मीको अनुपस्थित हुने भएमा स्वास्थ्य संकटको महामारीमा धेरैले ज्यान गुमाउन सक्छन् । चिकित्सकले कयौँ अमूल्य मानव जीवनलाई सुरक्षित राखिरहेका छन् । तर आफ्नो जीवन धरापमा राखी उपचार गरिरहेका उनीहरुको जीवन सुरक्षित छैन । अस्पतालमा उनीहरुमाथि कुटपिट हुने गरेको छ ।
स्वास्थ्य संकटको महामारीमा सबैभन्दा महत्त्वपूर्ण रहेको पेशा चिकित्सकमाथि दिन बिराएर आक्रमण भइरहेको घट्ना सार्वजनिक भइरहेको छ । महामारीमा आखिर कुटिन्छन चिकित्सक र स्वास्थ्यकर्मीको मजाक उडाइन्छ ? भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपीट भएपछि बनेको छानबिन समितिले मृत्यु भएपछि आवेगमा कुटपिट भएको प्रतिवेदन बुझाएको थियो ।
स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा कस्तो कारबाही हुने त्यसको भरपर्दो व्यवस्था समेत गरिएको छैन । चिकित्सक संघले एक सातामा अध्यादेश मार्फत कडा कानुन बनाइ कार्यान्वयन गर्न माग गरेको थियो । बिहीबार मन्त्रीपरीषद्को बैठकले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु विरुद्ध कडा सजाय गर्न अध्यादेश ल्याइसकेको छ । अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रमाणित हुन भने बाँकी छ ।
'स्वास्थ्यकर्मीमाथि कुटपिटको घट्ना बढेपछि सरकार बल्ल तात्यो'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपसचिव प्रमुख मानबहादुर बस्नेतका अनुसार स्वास्थ्य संस्था,स्वास्थ्यकर्मी र कर्मचारीको सुरक्षासम्बन्धी २०६६ ऐन शंसोधनका लागि एक वर्ष अगाडि मन्त्री परीषद्मा लगिएको थियो । विविध कारणले मन्त्रीपरीषद र संसदमा अड्किएको थियो । महामारीमामा दिनप्रतिदिन स्वास्थ्यकर्मीमाथि आक्रमणको घटना बढेकाले अध्यादेश मार्फत कानुन पारित गर्नुपर्ने अवस्था आइसकेको उनले बताए ।
'मन्त्रीपरीषदले उक्त ऐन शंसोधन गरिसकेको सुनेको छु,' उनी भन्छन, ' अध्यादेश मार्फत आएर राजपत्रमा प्रकाशित भएपछि ऐन कार्यान्वयन हुनेछ ।' अबदेखि स्वास्थ्य संस्था तोडफोड वा कर्मचारीमाथि हुने हातपात, उपचारमा बाधा पुर्याउनेलाई कारबाही हुने उनले बताए ।
केही दिनयता स्वास्थ्यकर्मीमाथि आक्रमणको घट्ना बढेपछि मन्त्रीपरीषदको कार्यालयमा थन्कीएको फाइलले मुर्तता पाएको छ । घट्नाको प्रकृति हेरेर ४ लाख रुपैयाँदेखि ४ वर्ष कैद सम्म हुने व्यवस्था गरिएको उनले जानकारी दिए । कानुन बनेपछि स्वास्थ्यकर्मीको हौसला बढ्ने उनको विश्वास छ ।
'राज्यको सम्पूर्ण व्यवस्थाप्रति नागरिकको विश्वास घट्दै गयो'
राज्य र सरकारका संस्थानमा जनताको विश्वसा घटेकाले राज्यका सम्पत्ति तथा कर्मचारीहरूमा कुटपिटको घट्ना बढ्न थालेको छ । अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु पनि त्यसैको परिणाम रहेको अर्थ राजनीतिक विश्लेषक पिताम्बर शर्मा बताउँछन् । सरकारले स्वास्थ्य क्षेत्रका निम्ती कमजोर प्रणाली निर्माण गरेकाले यस्ता घट्नाहरू बारम्बार हुने गरेको उनले बताए ।
निजी तथा सरकारी अस्पतालको व्यवस्थापनमा देखिएका कमजोरीको फाइदा उठाउँदै बिरामीको आफन्तले आक्रमण गर्छन् । कहीँ न कहीँ अस्पताल व्यवस्थापनको कमजोरी भएकाले महामारीमा पनि स्वास्थ्यकर्मीमाथि कुटिने घट्ना बढेको उनले बताए ।
सरकारी निकायमा आक्रमण गर्नेहरू राजनीतिक दलका व्यक्ति हुने गर्छन् । अदृश्य रुपमा शक्ति संग्रह गरेकाहरूले आक्रमण गर्ने गरेको शर्माले बताए । दण्डहिनताले प्रश्रय पाउद पीडकले सधैँ उन्मुक्ति पाउने गरेको उनको भनाइ छ । यस्तो घट्ना महामारी आएर मात्र सुरु नभएको उनले प्रष्ट पारे । घट्नाहरू सबै पुनरावृत्ति हुने गरेका छन् ।
अस्पताल व्यवस्थापनको केही कमजोर रहदा पनि यस्तो घट्ना शर्मा बताउँछन् । अस्पतालले समय-समयमा बिरामीको अवस्था कस्तो छ भनेर बिरामीका आफन्तलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
'समाजमा रिसको डढेलो फैलिएको छ'
नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार नेपाली समाजमा रिसको डढेलो फैलिएको छ । अस्पतालमा आफन्तलाई उपचारका लागि लगेका हुन्छन् । बिरामी निको नहुँदा उनीहरूले आफ्नो रिस पोख्ने माध्यम स्वास्थ्यकर्मी र तोडफोडलाई मान्ने गरेका छन् ।
'दुई दशक यताको नेपाली समाजमा अपराधिक मानसिकता बढ्दै गएको छ । सबैभन्दा बढी ३० वर्षदेखि ४० वर्षका मानिसहरूमा यस्तो समस्या देखिएको छ,' मल्ल भन्छन,' मानिसको मनोविज्ञानले यस्तो घटनाका लागि प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्छ । उनीहरूको आर्थिक अवस्था पनि धेरै खर्च हुने र बिरामीको मृत्यु हुँदा यस्तो घट्ना घट्छन् ।'
दक्षिण एशियाली मुलुककै समाजमा सबैभन्दा बढी रिसाउनेमा नेपालीहरू पर्ने उनको दाबी छ । अधिकांश समाजमा द्धन्द्धको प्रभाव परेको ठाउँमा यस्तो घट्ना घट्ने गरेको उनले प्रस्ट पारे ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि बनेको अध्यादेश
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया