प्रमुख समाचार

‘संविधान जारी गर्दा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’

इकागज |
जेठ २१, २०७८ शुक्रबार २१:३ बजे

काठमाडौँ  : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएपछि जसपाकै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले यक्ष प्रश्न भन्दै टिप्पणी गरेका छन् । 

आज मात्रै जसपाको ठाकुर समूहबाट राजेन्द्र महतोको नेतृत्वमा १२ जना सरकारमा सामेल भएका छन् । महतो उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री भएका छन् । सबै मन्त्रीले शपथसमेत लिइसकेका छन् ।  


पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले  पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने एकै ठाम भन्दै प्रश्न गरेका छन् । 

‘यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’ 

संविधान जारी हुँदा महन्थ ठाकुरसहित मदेसी दलले कालो दिनको रुपमा मनाए भने ओलीसहित एमालेले भने सबैले दीपावली गर्न आह्वानसमेत गरेको थियो ।


Author

थप समाचार
x