प्रमुख समाचार

बरियतामा आफूभन्दा जुनियरको मातहत बस्‍न उचित नठानेर मन्त्रीबाट हटेँ : हृदयेश त्रिपाठी

इकागज |
जेठ २१, २०७८ शुक्रवार २१:३८ बजे

काठमाडौँ : स्वाथ्य मन्त्री हृदयेश त्रिपाठीले ‘बरियताक्रम नमिलेका कारणले आफू मन्त्रिपरिषद्मा निरन्तर रहन असमर्थ भएको’ बताएका छन् । ‘म जिल्लाबाटै फर्कदै थिए, आज मलेखु आइपुग्दा प्रधानमन्त्रीको फोन आयो’ त्रिपाठीले इकाजसँग भने, ‘प्रधानमन्त्रीले भन्नुभयो कि उनीहरु (जसपा) उपप्रधानमन्त्री नदिइकन नआउने भए । उनीहरूलाई मैले उपप्रधानमन्त्री नदिइकन भएन । राजेन्द्र महतो आउने भए, त्यसमा तपाईंको के स्थिति हुन्छ ?’

यद्यपि प्रधानमन्त्रीले रघुबीर महासेठ उपप्रधानमन्त्री हुने उल्लेख गरेका थिएनन् । मैले प्रधानमन्त्रीसँग भने, ‘बरियताक्रममा आफूभन्दा जुनियर मातहत बस्न मिल्दैन भनेँ । तर म मन्त्रालयको जिम्मेवारीमा असन्तुष्ट होेइन र भाग्न खोजेको पनि होइन, त्यो पनि महामारीका बेला । बरियता तलमाथि भएमा मलाई गाह्रो हुन्छ ।’ 


यस्तो छ  त्रिपाठीको प्रतिक्रिया  

मन्त्रिरिषद पद्धतिको मूलभूत मान्यता हुन्छ, बरियता क्रमको मान्यता राखिनुपर्छ । जो पहिला मन्त्री भएको हो, ऊ बरियता क्रममा रहन्छ । यो मन्त्रिपरिषद् गठन हुँदा जुन बरियता आयो, ती मभन्दा जुनियर नै आए । उनीहरुको मातहतमा मलाई नैतिक रुपले त्यहाँ बस्न गाह्रो भयो । क्याविनेट प्रणालीमा नैतिकताले अर्थ राख्छ । मभन्दा जुनिएर उपप्रधानमन्त्री हुन आएपछि उनीहरुको मातहतमा बस्न नैतिकताले दिएन ।

म महामारीको चुनौतीबाट भाग्न खोजेको होइनँ । मैले के-कति गर्न सकेँ, सकिनँ, मैले मूल्यांकन गर्ने विषय होइन । दोस्रो त, मेरो राजनीतिक विजय के भइसकेको थियो भने मैले एमालेसँग चुनावी तालमेल गरेको थिएँ, त्यसबेला तराई -मधेशमा दुई पार्टी थिए, उपेन्द्र यादव नेतृत्व र राजपा थिए । तिनले मलाई भक्कुमार गाली र आलोचना गरेका थिए । तर, चुनावी परिणाम आएपछि हतार गर्दै उपेन्द्र यादव त सरकारमा सामेल भए । अर्काे पक्ष जो मलाई पानी पिई पिई गाली गरिररहेको थियो, राजपा आज सरकारमा सामेल भएपछि मेरो नैतिक विजय भएको छ ।

मेरो राजनीतिक र नैतिक विजय के हो भने जुन बाटो मैले लिएको थिए, पालै–पालै दुवै आए । राजपा समूहको प्रवेशपछि मैले लिएको लाइनको विजय हो । राजनीतिक र नैतिक विजय हो । चुनौती हिसाबले भन्ने हो भने महामारीका बेला चुनौति र समस्या धेरै भए, इमान्दारिताका साथ मैले अघि बढाउन कोशिश गरेको हुँ । महामारीबाट भाग्ने मेरो विचार र इच्छा चाहिँ होइन ।


Author

थप समाचार
x