प्रमुख समाचार

कोभिडको संक्रमण नघट्दै भारत प्रवेश गर्नेको लस्कर

विकल्पहीन भएपछि जोखिम मोलेरै हिड्नु परेको गुनासो

बिक्रम खड्का |
जेठ २६, २०७८ बुधबार ६:४६ बजे

बुटवल : कोभिड १९ का कारण सुरक्षित हुन स्वदेश फर्किएका युवाहरु त्यसको प्रभाव केही कम भएको महसुस गरि फेरि भारत फर्किन थालेका छन् । घरमा वसेर परिवार पाल्न नसकिने भन्दै उनीहरु जोखिमका विच पनि भारत प्रवेश गरिरहेका छन् । 

भारतमा कोभिडको जोखिम कायमै भए पनि देशभित्र रोजगारीको भरपर्दो आधार नभएको भन्दै उनिहरु भारत प्रवेश गरिरहेकाछन् । अर्घाखाचीको पाणिनीका नारायण शर्मा भारवाट फर्किएको २ महिनामै फेरि भारत फर्किए । सोमबार कपिलवस्तुको कृष्णनगर नाका हुँदै उनी भारत पसेका हुन् । 


घरपरिवार पाल्ने जिम्मेवारी आफ्नै काँधमा रहेको भन्दै उनले जोखिम मोलेर पनि भारतको राजधानी दिल्ली हिडेको बताए । जागिर देखि व्यापार समेत गर्ने उनले आफुसंगै चारजना युवालाई पनि लिएर हिडेको सुनाए । 

लुम्विनी प्रदेशका  प्रदेश प्रमुखले मंगलबार हजारौंलाई रोजगारी दिने गरि प्रदेश सरकारको नीति कार्यक्रम संसदमा वाचन गर्दा गुल्मीका असोक केसी भारत पस्ने योजना बनाउदै छन् । केसीलाई सरकारले रोजगारी कार्यक्रम ल्याउने मा नत थाहा छ नत विश्वास नै । उनले भने, ‘६ महिना भयो नेपाल आएको कमाई त छैन उल्टो ऋण लागेको छ, आजभोलीमै वेलहिया नाका हुँदै भारत जाँदै छ। कोभिड जोखिम छ त भन्ने प्श्नमा उनले भोकले मर्न भन्दा त कोरोनै ठिक छ, वाँचे कमाउन सकिएला, उता गए खोप पनि पाउन सकिन्छ कि ।’ 

लुम्विनी प्रदेशका मुख्य नाकाहरुमा अहिले नेपाल आउने भन्दा भारत जानेको संख्या वढेको तथ्याकहरुले देखाएको छ । रुपन्देहीको वेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको रुपडिया नाकावाट रोजगारी खेज्न भारत जाने युवाहरुको संख्या बढी छ । 

कोरोनाको त्रासलाई दबाएरै १ महिना भित्र २ हजार भन्दा बढि नेपाली नागरीक कृष्णनगर नाका हुँदै भारत गएको तथ्याङक छ । वेलहियावाटमात्रै २४ जेठसम्म ५ हजार ६ सय ३७ जना नेपाली भारततर्फ गएको तथ्याकङक छ । सोही अवधीमा भारतवाट २ हजार नेपाल भित्रीएका छन् । बाँकेको रुपडियामा पनि सोही हाराहारीको संख्यामा नेपाली भारत गएका छन् । बाँकेका प्रहरी प्रमुख ओम वहादुर रानाले दिएको जानकारी अनुशार दैनिक २ सय भन्दा वढिको संख्यामा भारत जानेहरुको संख्या रहेको छ ।

लकडाउनका कारण आम्दानीका स्रोत नभएपछि उनिहरु काम खोज्दै भारततिर गएका हुन् । लकडाउन सुरु भएपछि नेपाल फर्किएकाहरु पनि कोरोना कहरको बीचमै पुनः भारतमा रोजगारीका लागि भारत गएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए ।
 
कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम,रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली भारत
जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगरका नायव निरीक्षक ताराा खनालले जानकारी दिए । पछिल्लो एक हप्ता देखि भने कामका लागि भारत जाने नेपालीको लर्को नै लागेको उनको भनाइ छ । सम्बन्धित कम्पनी, कल कारखाना , आदिको परिचय पत्र , बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई शोधपुछ गरेर मात्र भारत जान दिएको जानकारी पनि दिए । 

दैनिक सय जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको खनाल भनाइ छ । लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ–आफ्नो घर फर्केका थिए ।  उनिहरु नै अहिले खाना लगाउन नपुगेपछि पुन काम गर्न भारत जान थालेका हुन् ।  कोरोनाको संक्रमण बढेपछि मरे पनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेका हुन् । 

भारतमा लकडाउन खुकुलो हुदैगएपछि नेपालीहरु फेरि उतै फर्किन थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । उनले भने 'हिजो उतावाट नेपाल आउनेको संख्या ठूलो थियो अहिले फेरि यता वाट उता जाने वढे, जुन दुखदः पक्ष हो ।' वेलहियामा रहेको प्रही चौकिका प्रमुख नवीन पौडेलका अनुसार रोजगारी र पुरानो हिसाब किताब गर्नु छ भन्दै जाने नेपालिहरु वढि छन् । उनले भने ‘पछिल्लो समय आउने भन्दा दोव्वर भारततर्फ जाने नै छ, अधिकाश त रोजगारीका लागि भारत हिडेको भन्छन् । सिमा नाका परिक्षण गरेर पढाए पनि उनिहरु असुरक्षित ढंगले नै भारतर्फ लागेका देख्न्छन्’ उनले भने । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x