प्रमुख समाचार

स्थानीय तहमा पठाइएको सशर्त अनुदान सच्याउने प्रतिबद्धतापछि प्रदेश-२ सभा सुचारु

इकागज |
जेठ २६, २०७८ बुधबार १६:३७ बजे

जनकपुरधाम : स्थानीय तहलाई पठाइएको सशर्त अनुदानमा भएको त्रुटि सच्याउने प्रतिबद्धता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनाएपछि प्रदेश सभा सुचारु भएको छ ।

मंगलबार विपक्षी दलहरूले प्रदेश सभा सदस्यहरूसँग कुनै छलफल नै नगरी मनपरी रूपमा स्थानीय तहमा सशर्त अनुदान पठाएको भन्दै प्रदेश सभा बैठक अवरुद्ध गरेपछि बुधबारको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो प्रतिबद्धता जनाएका थिए । 


राउतले स्थानीय तहमा प्रदेश सरकारबाट पठाइएको सशर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि अहिले बैठकमा “विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा (कर प्रस्ताव वाहेक) छलफल सुरु भएको छ ।

प्रदेश सभामा विपक्षीले अनुदान सच्याउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएका थिए । 
 


Author

थप समाचार
x