प्रमुख समाचार

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

इकागज |
जेठ २७, २०७८ बिहीबार ९:१९ बजे

धनगढी : आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउदै छ । बिहीबार दिउँसो ४ बजे हुने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको हो । 

बजेट ल्याउनुभन्दा १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था रहेकोमा ढिलाई भएको हो । सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर नीति तथा कार्यक्रम ल्याउन लागेको प्रदेश्सभा सचिवालयले जनाएको छ । 


प्रदेश सरकारले असार १ गते झण्डै २८ अर्बको बजेट ल्याउने तयारी गरेको छ । २१ जेठदेखि बजेट अधिवेशन सुरु भएको हो । 


Author

थप समाचार
x