प्रमुख समाचार

विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी

इकागज |
जेठ २७, २०७८ बिहीबार १८:४० बजे

काठमाडौँ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । 

त्यस्तै गण्डकी प्रदेश सरकारमा विपक्षी गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा गठबन्धनमा सहभागी दलका शीर्ष तहका र दोस्रो तहका नेताहरू सहभागी छन् । 
 


Author

थप समाचार
x