प्रमुख समाचार

पूर्वप्रधानमन्त्री र दलका प्रमुखसँग छलफल गर्दै सभामुख सापकोटा

इकागज |
जेठ २८, २०७८ शुक्रवार ७:३१ बजे

काठमाडौँ : विघटित प्रतिनिधि सभाका सभामुख अग्‍निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री र दलका प्रमुखसँग आज छलफल गर्दैछन् । आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्‌ मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन् । दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन् । सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए । त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए ।



Author

थप समाचार
x