प्रमुख समाचार

किशोरीमाथि सामूहिक बलात्कार, यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धान

इकागज |
जेठ २८, २०७८ शुक्रबार १३:३४ बजे

सांकेतिक तस्बिर

धनगढी : कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बेदकोट नगरपालिकाकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बलात्कारमा संलग्‍न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बलात्कारमा संलग्‍न अन्य फरार छन् ।


उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा नशालु पदार्थ खुवाएर किशोरीको बलात्कार गरेको खुलेको छ ।
 


Author

थप समाचार
x