प्रमुख समाचार

गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

जसपा : विपक्षीलाई सांसद्को, गुरुङलाई प्रदेश समितिको समर्थन

अनिष भट्टराई |
जेठ २९, २०७८ शनिवार १५:२७ बजे

काठमाडौँ : गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनको दाबीमा जनता समाजवादी पार्टीको प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथ रहेको उल्लेख छ । तर, जनता समाजवादीका सांसदहरू भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् । 

जनता समाजवादीको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो । विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् ।  


तर, विपक्षीले भने सांसदलाई नै उपस्थित गराएर दाबी पेस गरेको छ ।  `हामीलाई जनमोर्चाका कृष्ण थापा र जनता समाजवादीको प्रदेश समितिले निर्णय गरेर दिएको छ, दाबी पेस गरेको छु´ मुख्यमन्त्रीले भने । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x