प्रमुख समाचार

लिक्‍विड अक्सिजन प्लान्ट शिलान्यास गर्दै प्रधानमन्त्रीले भने, ‘यो असाधारण खुशी हो’

इकागज |
जेठ ३०, २०७८ आइतबार १४:५२ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्‍विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तिव्र अभाव व्यहोर्‍यो । नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताएका हुन् ।

कोभिड–१९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए । ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उनको भनाई थियो ।

अचानक बढेको उच्चमागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले उल्लेख गरे । महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकारका पुगेको जानकारी पनि ओलीले दिए ।

दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देश प्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्री ओलीले बताए । 

यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अभिभावकविहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी पनि ओलीले दिए । ‘यसबारे अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ’, उनले भने ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले ओलीले दिए । आगामी दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए ।

अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाई पनि प्रधानमन्त्रीको थियो  । छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढने समेत उनले उल्लेख गरे । रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्ट बाट प्रतिदिन कुल ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।



Author

थप समाचार
x