प्रमुख समाचार

सुदूरपश्चिममा ओली समूहका ७ सांसद निलम्बन

इकागज |
जेठ ३१, २०७८ सोमबार २०:३२ बजे

धनगढी : नेपका एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले ७ संसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संसदीय दलले निलम्बन गरेका सांसद पुर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी, ग्याल्बु बोहरा रहेका छन् । संसदीय दलले जारी गरेको ह्वीप पटकपटक उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।


सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गा बिकले सांसदबाट मुख्यमन्त्री त्रिलोचल भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलले जारी गरेको ह्वीप उलंघन भएको बताइन् । 'केही सांसदलाई ५ दिन, केहीलाई ७ दिन र केहीलाई १५ दिन निलम्बन गर्ने निर्णय भएको छ', प्रमुख सचेतक बिकले भनिन् ।


Author

थप समाचार
x