प्रमुख समाचार

थपिए २७४५ संक्रमित, ४१ को मृत्यु

इकागज |
असार १, २०७८ मंगलबार १७:४१ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । मुलुकभर गरिएको ७ हजार ४ सय ४९ पीसीआर परिक्षणका क्रममा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ एन्टीजेन परिक्षणका क्रममा एक हजार ६४ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।

त्यस्तै कोभिडका कारण थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । त्यस्तै थप ४ हजार १ सय ८७ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।


हाल नेपालमा ६३ हजार २५७ सक्रिय संक्रमित आइशोलेशन र ५१५ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६१२ वटा पीसीआर र १ लाख १९ हजार ५१ वटा एन्टीजेन परीक्षण गरिएको छ । 


Author

थप समाचार
x