प्रमुख समाचार

देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन : डा. भट्टराई

इकागज |
असार ६, २०७८ आइतबार ८:३५ बजे

काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन भएको बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा डा. भट्टराईले कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! नै अहिलेको समस्या रहेको बताएका छन् । 

'भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,' डा. भट्टराईले ट्‍वीटरमा लेखेका छन्,  'कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्‍न है !'



Author

थप समाचार
x