प्रमुख समाचार

रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा प्रवेश

इकागज |
असार ८, २०७८ मंगलबार ७:२६ बजे

काठमाडौँ : समूह ‘बी’ अन्तर्गत डेनमार्क युरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रुसलाई ४-१ ले हराउँदै डेनमार्क चरणमा प्रवेश गरेको हो ।


मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेको गोलबाट डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । त्यस्तै रुसका आर्टम ज्यूबाले एक गोल गरेका थिए ।


Author

थप समाचार
x