प्रमुख समाचार

युरोमा बेल्जियम अपराजित

इकागज |
असार ८, २०७८ मंगलबार ७:५९ बजे

काठमाडौँ : युरो २०२० को समूह चरणमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । सोमबार राति फिनल्याण्डलाई २-० ले हराएपछि बेल्जियमले नौ अंकसहित समूह 'बी'को शीर्ष स्थानमा रह्यो ।

यस अघि नै अन्तिम १६ मा स्थान बनाइसकेको बेल्जियमका लागि रोमेलु लुकाकु ले एक गोल गरे । त्यस्तै अर्को गोल बेल्जियमले उपहार पायो । फिनल्याण्डका गोलरक्षक लुकास राडेकीले आत्माघाती गोल गरे । समूह 'बी' बाट बेल्जियमबाहेक डेनमार्कले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्‍यो ।



Author

थप समाचार
x