प्रमुख समाचार

अर्जेन्टिना कोपा अमेरिकाको क्‍वार्टरफाइनलमा

इकागज |
असार ८, २०७८ मगलवार ८:२८ बजे

काठमाडौँ : अर्जेन्टिना कोपा अमेरिकाको  क्‍वार्टरफाइनल प्रवेश गरेको छ । मंगलबार पराग्वे लाइ १-० ले पराजित गरेपछि अर्जेन्टिनाले समूह विजेताका रुपमा आन्तिम आठमा आफ्नो स्थान पक्का गर्‍यो । 

अर्जेन्टिनालाई विजयी बनाउन अलेहान्द्रो गोमेजले खेलको एक मात्र गोल गरे । जितसँगै अर्जेन्टिनाले तीन खेलबाट सात अंक बनायो ।


समूहको दोस्रो स्थानमा चिली छ । मंगलबार नै उरुग्वेसँग १-१ को बराबरी खेलेको चिलीको पाँच अंक छ ।

उरुग्वेविरुद्ध चिलीले पहिलो हाफमै अग्रता लिएको थियो । चिलीका लागि एदुवार्दो भारगसले २६ औँ मिनेटमा गोल गरेको थिए । तर दोस्रो हाफमा आर्तुरो भिडालले आत्माघाती गोल गरेपछि उरुग्वेले अंक खोसेको थियो ।


Author

थप समाचार
x