प्रमुख समाचार

१९ दिने कार्यकाल

स्‍वास्‍थ्‍य मन्‍त्री तामाङको दाबी : 'खोप आउने सुनिश्‍चित, गाँजाको औषधीय उपयोग र अनुसन्धानको पहल सुरु'

इकागज |
असार ९, २०७८ बुधबार १२:४ बजे

काठमाडौँ : स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्री शेरबहादुर तामाङले १९ दिने उपलब्‍धी सार्वजनिक गरेका छन् । सर्वोच्‍च अदालतको मंगलबारको अन्‍तरिम आदेशले पदमुक्‍त गरेपछि उनले १९ दिनमा ४ वटा उपलब्‍धी हासिल गरेको दाबी गरेका छन् । कोभिड नियन्‍त्रणमा इमान्दार प्रयत्‍न गरेको र खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको दाबी गरेका छन् । त्‍यस्‍तै गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु गरेको समेत उनको भनाइ छ । 

यस्‍ता छन् तामाङका १९ दिने उपलब्धी


१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)

२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।


Author

थप समाचार
x