प्रमुख समाचार

प्रधानमन्त्री ओली पूर्णतः दक्षिणपन्थी धारमा गए : माधवकुमार नेपाल

इकागज |
असार १०, २०७८ बिहीबार १७:११ बजे

फाइल तस्बिर

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ‘प्रधानमन्त्री केपी शर्मा ओली पूर्णतः दक्षिणपन्थी धार’मा गएको टिप्पणी गरेका छन् । उनले ‘कोर्स करेक्सन’ गर्छन् भने सकारात्मक हुन सकिने बताएका छन् ।

सम्पादकहरूसँगको अन्तक्र्रियामा कांग्रेस सभापति शेरबहादुर देउवातिर फर्कर्दै उनले भने, ‘ओली ‘कोर्स करेक्सन’ गरेर आउँछन्, राजीनामा दिन्छन् भने ठाउँ दिनुपर्छ, कसो शेरबहादुरजी ।’


तर, नेपालले आफूलाई सिध्याउन ओलीले कुनै कसर बाँकी नराखेको टिप्पणी पनि गरे । उनले भने, ‘माधव नेपालको एउटा परिचय छ, प्रधानमन्त्री भइसकेको व्यक्ति हो, राष्ट्रिय नेता पनि हो । तर, मलाई साधारण सदस्यताबाट हटाइयो । त्यो हटाइ कौन पुछेगा खेसरी दाल जस्तै हो ।’

उनले निश्चित चिन्तनबाट आफूहरू आन्दोलनमा होमिएको र त्यसबाट विचलित नहुने टिप्पणी पनि गरे । उनले भने, ‘यो आन्दोलन पदका लागि होइन । देशको स्वाधीनता र स्वाभिमान लागि हो ।’
 


Author

थप समाचार
x